बोस्टन, अमेरिका / नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति “उडेको आकाश, डुलेको धर्ती” माथि शनिबार छलफल गरियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरूले खत्रीको कृतिमाथि विचार राख्नु भएको थियो ।

कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे, र डा. रजनी ढकालले कृतिमाथि समीक्षात्मक विचार राख्नु भएको थियो भने नियात्राकार खत्रीद्वारा लेखकीय मन्तव्य राखिएको थियो ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र महासचिव सर्वज्ञ वाग्लेको पनि मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा खतिवडाले पनि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

कविता, गीत, कथा, नियात्रा लगायतका विधामा कलम चलाउने खत्री अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पनि हुनुहुन्छ ।