देवकोटा जयन्तीको शुभ अवसरमा ज्योति साहित्य प्रतिष्ठानले आज लक्ष्मी पूजाको दिन भर्चुअल बिधिद्वारा विशेष कविता यात्रा सम्पन्न गर्यो।
प्रमुख अतिथि कवि तुलसी दिवस र विशिष्ट अतिथि सुलोचना मानन्धर धिताल र नरेन्द्रराज पौडेलको उपस्थितिमा विशिष्ट कविहरू गंगा लिगल, विश्वबिमोहन श्रेष्ठ , विप्लव ढकाल, कलानिधि दहाल,नारायण तिवारी, भिष्म उप्रेती, दामोदर पुडासैनी, टंक भट्टराई, मंजुश्री गिरी, जनार्दन अधिकारी धडकनसहित रमेशचन्द्र अधिकारी(धनकुट्टा), देविका मग्रान्ती( दार्जिलिङ ) हरी पाण्डे (बेल्जियम), राजेश्वरी काफ्ले(लालबन्दी), सुधा मिश्र झा(जनकपुर), आर्त अकुलीन (लम्की), पार्वती भट्ट(डडेलधुरा), गिता अधिकारी, लक्ष्मीप्रसाद मिश्र(लम्जुङ), कृष्ण ज्ञवाली, बिमुन्स पौडेल, धनराज अविरल( लम्की, डडेलधुरा)ले कार्यक्रममा महाकविलाई विभिन्न रूपमा सम्झ्नु हुँदै कविता, गजल, खोरिया र उदक वाचन गर्नुभयो।
कार्यक्रमको सुरूमा रमेशचन्द्र अधिकारी( धनकुट्टा) र देविका मग्रान्ति (खर्स्याङ – दार्जिलिङ)ले पालैपालो महाकविद्वारा रचित ‘कुन मंदिरमा जान्छौ यात्री कुन मंदिरमा जाने हो …’ भन्ने गीत मिठो स्वरमा गाएर सभालाई मन्त्रमुग्घ पार्नु भएको थियो।
ज्योति साहित्य प्रतिष्ठानको उक्त १८१औँ कविता यात्रामा वरिष्ट कवि विश्वबिमोहन श्रेष्ठले आफ्नो ‘भत्क्यो’ कविता मार्फत महाकविलाई स्रधासाथ सम्झ्नु भयो भने अर्का वरिष्ट कवि डा विप्लव ढकालले आफ्नो ‘कोटको टाँक’ कविता जोशीलो पारामा वाचन गरी देवकोटाको स्मरण गराउनु भयो।
विशिष्ठ अतिथि पूर्व प्राज्ञ सुलोचना मानन्धर धितालले देवकोटाजस्ता विलक्षण प्रतिभा विरलै जन्मन्छ भन्नु हुदै यस्तो राम्रो कार्यक्रम गर्ने ज्योति साहित्य प्रतिष्ठान र प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहप्रति धन्यवाद ज्ञापन गर्नुहुँदै एउटा कविता वाचन गर्नु भयो।
प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वप्नदर्शी स्रष्टा हुनुहुन्थ्यो र देशलाई माया गर्नु हुन्थ्यो। उनको कवितामा विशिष्ठ शक्ति छ र त्यसै शक्तिले गर्दा समाज र राष्ट्रमा उहाँ सम्मानित र स्तुत्य हुनुहुन्छ भन्नुहुँदै हामीले साहित्यकारलाई मरेपछि सम्मान गर्नु भन्दा जिउँदैमा सम्मान गर्ने बानि बसाल्नु पर्दछ। उहाँले आफ्नो लोकप्रिय ‘बाटो’ कविता वाचन गर्नु भयो।
सभापति तथा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले महाकवि देवकोटाको ११३औँ जयन्ती मनाउन पाउनु प्रतिष्ठानको लागि गौरवको कुरा हो भन्नु हुदै देवकोटा नेपालमा मात्र नभै विश्वकै लागि गौरव गर्ने प्रतिभा हुन् भन्नु भयो। सिंहले विश्वमा नेपालीले गौरव गर्ने ३ कुरा छन् – १) सगरमाथा, २) गौतम वुद्ध र तेस्रो महाकवि लक्ष्मीप्रसाद देवकोटा भनी व्यक्त गर्नु भयो।
नुवाकोट साहित्य प्रतिष्ठानकी सुमित्रा सुमीले नुवाकोटको बिदुरबाटै भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सञ्चालन गर्नु भएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

