२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ । त्यस्तै, पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भक्तराज आचार्यलाई दिइने भएको छ ।
दाहालको किताब मोक्षभूमि दासहरूको मुक्तिका विषयमा केन्द्रित छ । ‘खस साम्राज्यका चक्रवर्ती सम्राट् क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दस हजार दासहरूलाई मुक्त गरिएपछि त्यसपछि सिन्जामा आएको उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु भएको’ यसले औँल्याएको छ ।
त्यस्तै, तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजनगायनमा महत्त्वपूर्ण योगदान पुऱ्याएका गायक तथा सङ्गीतकार भजनशिरोमणि भक्तराज आचार्यमाथि वि.सं. २०४६ सालको एक साँझ काठमाडौँको बौद्धमा साङ्घातिक हमला भएकाे थियो । विज्ञप्तिमा भनिएकाे छ, ‘त्यसपछि उनको गायनयात्रामा पूर्णविराम लाग्यो । १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन् ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

प्रथम वार्षिकाेत्सवकाे शुभकामना, खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान
