नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट एक पुस्तकलाई पद्मश्री पुरस्कार दिइन्छ भने याेगदानका आधारमा एक विशिष्ठ व्यक्तिलाई पद्मश्री साधना सम्मान अर्पण गरिन्छ । याे पुरस्कार तथा सम्मान खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्छ ।

अध्यक्ष जीवा लामिछाने

यस प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि मोफसलबाट प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा वि. सं. २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुन् । उनलाई वि.सं. २०६३ मा ‘दसगजामा उभिएर’ भन्ने कृतिका लागि यो पुरस्कार प्रदान गरिएको थियो ।

वि. सं. २०७६ सालको पद्मश्री पुरस्कार भने साहित्यकार सञ्जिव उप्रेतीलाई कृति हंसको लागि प्रदान गरिएको थियो भने पद्यश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिइने गरिएकाे थियो । तर विविध विवादका कारण २०७६ सालका लागि दिइने याे पुरस्कार रद्द भएकाे थियो ।

पुरस्कारको राशि एक लाख, दुई लाख रुपैयाँ हुँदै वि. सं. २०७६ बाट तीन लाख रुपैयाँ पुर्‍याइएको छ । पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ।

प्रतिष्ठानका अध्यक्ष व्यवसायी जीवा लामिछाने हुन् । उनले आफ्ना मातापिताको सम्मानस्वरूप यस पुरस्कार स्थापना गरेका हुन् ।