शब्दयात्रा प्रकाशन, बनेपाले शनिबार एक कार्यक्रमका बीच शब्दयात्रा विष्णुमाया टीकाप्रसाद बाल साहित्य पुरस्कार प्रमोद प्रधानलाई प्रदान गरेको छ ।

बालसाहित्य सिर्जना र नेपाली बालसाहित्यको इतिहास लेखेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै प्रधानलाई सम्मान गरिएको हो ।

काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति डा. सुरेशराज शर्मा, धुलिखेलका आधुनिक पिता भनेर चिनिइने बेलप्रसाद श्रेष्ठ, वरिष्ठ बालसाहित्यकार गोपाल पराजुलीले संयुक्त रूपमा प्रधानलाई सम्मान प्रदान गर्नुभएको थियो ।

प्रधानले बालसाहित्यका अतिरिक्त विभिन्न कथा संग्रहहरूसमेत सम्पादन गर्नुभएको छ । पछिल्लो समय साहित्यपोस्टमा नियमित रूपमा उहाँद्वारा सम्पादित नेपाली यौनकथा शृंखलाबद्ध रूपमा प्रकाशन हुँदै आइरहेको छ ।