बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले प्रत्येक वर्ष एक जना बालवाङ्मय साधक (लेखन, चित्राङ्कन लगायत) लाई सम्मान गर्नका लागि रू. ५ लाखको अक्षयकोष स्थापना गर्ने हुनुभएको छ ।
बालवाङ्मय तथा अनुसन्धान केन्द्रको वार्षिक सम्मेलनका अवसरमा आयोजित बालसिर्जना महोत्सवको समुद्घाटन समारोहमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले सो घोषणा गर्नुभएको हो । सो रकमको ब्याजबाट रू. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ ।
प्रधानले सो रकमको चेक छोरीको जन्मदिन पुस ११ मा संस्थालाई हस्तान्तरण गर्ने पनि जानकारी दिनुभयो । सम्मानको नामकरण र अन्य विषयबारे पछि निर्णय गरिने बताइएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला