काठमाडौं । कोलकाताबाट प्रकाशित ‘च्याङ्बाको चेतना विशेषाङ्क–सम्झना’ पत्रिकाको राजधानी काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
श्री श्री जानकी माता नेपाली धार्मिक संघ, कोलकाताद्वारा प्रकाशित उक्त पत्रिका साहित्यिक पत्रकार संघ र जरा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा अनामनगरस्थित डालो रेष्टुरेन्टमा सार्वजनिक गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. सुरेन्द्र केसी रहनुभएकाे थियाे । कार्यक्रममा कलकत्ताका पूर्व महावाणिज्यदूत सुनीलकुमार पौड्याल, धार्मिक अभियन्ता धर्मराज बराल, समाजसेवी भीमबहादुर श्रेष्ठ, पत्रिकाका प्रधान सम्पादक गणेशकुमार प्रधान, परराष्ट्रविद् नारायण मैनाली, गुञ्जदास श्रेष्ठ तथा गायक आनन्द कार्की लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. केसीले नेपालीहरू जहाँ पुगे पनि आफ्नो धर्म, परम्परा र भाषासँग जोडिएर बस्ने गरेको उल्लेख गर्नुभयाे । उहाँले कलकत्ता र दार्जिलिङमा बसोबास गर्ने नेपाली समुदायमा भाषिक तथा धार्मिक एकता कायम रहेको धारणा व्यक्त गर्दै आदिकवि भानुभक्त आचार्य को योगदानको पनि स्मरण गर्नुभयाे ।
सभापति लेकालीले कार्यक्रमका सहभागी तथा अतिथिहरूलाई स्वागत गर्दै कलकत्तामा बसेर सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय श्री श्री जानकी माता नेपाली धार्मिक संघको योगदानको प्रशंसा गर्नुभयाे । साथै उहाँले साहित्यिक पत्रकार संघले विगत ५३ वर्षदेखि गर्दै आएका गतिविधिबारे पनि प्रकाश पार्नुभयाे ।
‘च्याङ्बाको चेतना’ नाटकका लेखक तथा पत्रिकाका प्रधान सम्पादक गणेशकुमार प्रधानले आफ्नो लेखन, निर्देशन र कोलकातामा संघले गरिरहेका सामाजिक–धार्मिक कार्यबारे जानकारी दिनुभयाे ।
कार्यक्रममा धर्मराज बराल, नारायण मैनाली तथा आनन्द कार्कीले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे भने पत्रिकामा प्रकाशित रचनामध्ये कवि सुमन थापा सङ्गमले आफ्नो गीति रचना वाचन गर्नुभएकाे थियाे ।
सो अवसरमा आनन्द कार्की, धर्मराज बराल, फत्तकुमार श्रेष्ठ, दिर्गकुमार श्रेष्ठ, नारायण श्रेष्ठ, टिकादास श्रेष्ठ, डा. योगेश वैद्य, हिमनाथ पौडेल, प्रवीण जोशी तथा विमल भौकाजीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन कवि दिव्य गिरीले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
“आरुस-टाइगर” अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा दिपन अधिकारी प्रथम
२९ जेष्ठ २०८३, शुक्रबार 








