काठमाडौं । नेपाली भाषा साहित्यका सुप्रसिद्ध स्रष्टा विजय मल्लको शताब्दी महोत्सवको अवसरमा ३४ महानुभावलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिने भएको छ।
नइ एकेडेमीले विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धान, नाट्यमञ्चन, चलचित्र निर्माण तथा साहित्यिक योगदानको संवर्धनमा उल्लेखनीय योगदान दिने स्रष्टाहरूमाथि यो सम्मान दिने निर्णय गरेको हो।
पदकबाट विभूषित हुनेमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा. केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. देवीप्रसाद गौतम, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा. महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, प्रा.डा. वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा. हेमचन्द्र नेपाल रहनुभएकाे छ ।
उक्त पदक आगामी फागुन १६ गते समर्पण गरिने छ। नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले पदक वितरणको निर्णय अनुमोदन गरेको जनाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










