काठमाडौं । हामी र हाम्रो कृति समाज को रचना वाचन तथा स्रष्टा भेटघाट कार्यक्रम काठमाडौँको बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहलमा  सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा रहनु भएको थियो । संस्थाका सचिव बद्री उप्रेतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा करिब तीन दर्जन स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गर्नुभएकाे थियाे  ।

कार्यक्रममा सुशील रिजाल, राजेन्द्र घिमिरे सागर, कुमार खड्का, दुर्गा किरण तिवारी, सरिता थापा, नम्रता उप्रेती, बद्री उप्रेती, अरुण खड्का, राजेशमान केसी, कमला अधिकारी, मन भुजेल, श्याम मकजु, नानु राना थापा, शिलाकुमारी खरेल, ज्ञानु दाहाल, कमला मरासिनी, कुमार खड्का, अमर अधिकारी, दीपक पनेरु लगायतका स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

संस्थाका संस्थापक अध्यक्ष मदन नेपालले अहिलेसम्म संस्थाले सम्पन्न गरेका गतिविधि तथा प्रकाशन कार्यका विषयमा जानकारी दिनुभएकाे थियाे । संस्थाका सदस्य सुभद्रा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सदस्य पूर्णबहादुर श्रेष्ठ ‘हृदयकृत’ ले गर्नुभएकाे थियाे । वि.सं. २०८० मा स्थापना भएको हामी र हाम्रो कृति समाज ले नियमित रूपमा विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । संस्थाले सामूहिक तथा व्यक्तिगत गरी हालसम्म २२ वटा कृति प्रकाशित गरिसकेको जनाएको छ ।