२०८२ साल भदौ २३ मा जेन-जी तिमी उदयौ,
हामीलाई आँखा देखायौ, क्रान्तिको बिगुल बजायौ।
गोली थाप्यौ, रगत बगायौ, आँसु वर्षा गरायौ,
हाम्रो मुटु गाँठो पारी शहीद बनेर रुवायौ।

विकृति र विसङ्गतिको बादल टुटाउन सिकायौ,
भ्रष्टहरूको आँगनमा मसाल तिमीले दन्कायौ।
बलात्कारी, हत्याराहरूको चेत तिमीले खुलायौ,
देश, जनताको उन्नतिमा परिवर्तनको बाटो देखायौ।

छैनौ तिमी धुवाँ बनेर केवल हावामा उडेको,
छैनौ तिमी खरानी भएर केवल माटोमा मिलेको।
हराउने छैन तिम्रो आवाज यो विश्व ब्रह्माण्डमा,
सधैँ हुनेछौ हाम्रो साथ विकास अनि उन्नतिमा।

तारा बनेर आकाशमा तिमी सधैँ चम्किनेछौ,
घाम बनेर यो धर्तीमा सधैँ उदाई रहनेछौ।
पवन बनेर सधैँ हाम्रो श्वास-प्रश्वासमा बहनेछौ,
देश निर्माणमा साहस बनेर मुटुमा धड्किरहनेछौ।