मोरङ । चर्चित गीतकार, सङ्गीतकार तथा स्रष्टा गणेश रसिकको सम्झनामा विराटनगरमा स्मृति सभा आयोजना गरिएकाे थियाे । नेकपा एमाले कला साहित्य विभाग, कोसी प्रदेशको आयोजनामा एभरेस्ट इङ्ग्लिस स्कुलको सभाहलमा सो कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा विमल वैद्य र भूराज राईले रसिकको व्यक्तित्वका विविध पाटामाथि प्रकाश पार्नुभएकाे थियाे । प्रमुख अतिथिका रूपमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे सहभागी रहनुभएकाे थियाे । प्राज्ञ गङ्गा सुवेदी, जन सांस्कृतिक महासङ्घ नेपालका पूर्व अध्यक्ष प्रेमनाथ अधिकारी, नेकपा समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे लगायतले दिवङ्गत स्रष्टाको स्मृतिमा मन्तव्य राख्नुभएकाे थियाे ।
भरत गुरागाईँ बरबरिक, प्रयाग न्यौपाने, प्रिन्स प्रमोद ढकालले रसिकको सम्झनामा रचना वाचन गर्नुभएकाे थियाे ।स्वर सङ्गीतालयका कलाकारहरूद्वारा रसिकका लोकप्रिय गीतहरू ‘मलाई प्यारो लाग्छ’, ‘घरबेटी नानी’ प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा मधु पोखरेल, रामबाबु दाहाल, बाबुराम पोखरेल, केशु विरही,भवानीप्रसाद पोखरेल, नवराज पोखरेल ‘नवशिला’, रोहिणी रसिक लगायतको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता खेम नेपालीले गर्नुभएकाे थियाे भने सञ्चालन कविता केशरीले गर्नुभएकाे थियाे ।
यो कार्यक्रमले दिवङ्गत स्रष्टा गणेश रसिकप्रति श्रद्धा प्रकट गर्नुका साथै नेपाली साहित्य, गीत–सङ्गीत र संस्कृति प्रतिको योगदानको स्मरण गराएको सहभागीहरूले बताउनुभएकाे छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










