साहित्यिक पत्रिका शारदा मासिकले ‘क्यानडा– साहित्य विशेषाङ्क’ बजारमा ल्याएको छ । विमल भौकाजीको सम्पादनमा वर्ष १२ को अङ्क २ (पुर्णाङ्क १३४, वि.सं २०८२ जेठ) का रूपमा क्यानडा विशेषाङ्क बजारमा आएको हो ।
पत्रिकामा मुक्ति गौतम, कविता खरेल, डा. ज्ञानेन्द्र पोखरेल, शर्मिला पोखरेल, युवराज भण्डारी, भानु ढुंगाना, निकिता शर्मा, रविन थपलिया, तारा उप्रेती, सुरेन्द्र राजभण्डारी, खेम गुरागाईँ, दिनेश धरेल, राधिका कुसुम, लक्ष्मी लम्साल खनाल, रुपेश आचार्यको कविता रहेको छ । त्यसैगरी, सुरज अधिकारी (परदेशी) र राधा अर्यालको गीत रहेको छ ।
त्यसैगरी, शारदाको ‘क्यानडा– साहित्य विशेषाङ्क’ डा. गोबिन्दसिंह रावत कथा, सुरेन उप्रेतीको संस्मरण तथा डा. कुसुमाकर शर्मा गौतम, केहरसिं गुरुङ, मंजू अर्याल, कुसुम ज्ञवालीको लघुकथा रहेको छ । त्यस्तै, पारु पाण्डेय, रबीन्द्र लम्साल, गोपाल काफ्ले, माधव बरालको गजल; राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्ध; विष्णुदत्त आङबुहाङको संस्कृति सम्बन्धी लेख; अनुपम शर्मा न्यौपाने र भरतमान श्रेष्ठको समसामयिक लेख तथा राजु भट्टराईको स्मृतिकथा रहेको छ ।
पत्रिकाको प्रबन्ध निर्देशकमा अञ्जुलक्ष्मी प्रधान रहनुभएको छ भने सल्लाहकारमा डा. दुबसु क्षेत्री रहनुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२५ पुष २०८२, शुक्रबार 









