‘आफ्ना लागि पढौँ, अरूका लागि लेखौँ’ भन्ने उद्गार बोकेर भाषा–साहित्यको सेवा, संरक्षण र विकास गर्ने उद्देश्यका साथ स्थापना भएको ‘राइटर्स इन्टरनेशनल ग्लोबल कमिटी, अमेरिका’ले पहिलो पटक एक समारोहका बीच नेपालको ऐतिहासिक र जेठो साहित्यिक पत्रिका ‘शारदा मासिक’का सम्पादक÷प्रकाशक कवि विमल भौकाजीलाई रू. ५१०००÷– नगदसहित सम्मान गरेको छ ।

सोही समारोहमा वासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशी र गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

सम्मान प्रमुख अतिथि नेप्रप्रका उपकुलपति जगमान गुरुङले गर्नु भएको थियो । समारोहमा संस्थाका केन्द्रीय अध्यक्ष गीतकार ज्ञानेन्द्र गदालले नेपालभित्र संस्थागत रूपमा नेपाली भाषा–साहित्यको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने साहित्यिक संस्थालाई सम्मानित गरिने हेतुले यो सम्मानको स्थापना गरेको बताए भने नेपाल च्याप्टरका अध्यक्ष उपमा आचार्य र सम्मान प्राप्त गर्ने विमल भौकाजी, प्रद्युम्न जोशी, जलेश्वरी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विमला अधिकारीद्वारा लिखित उपन्यास मनकलीको पनि सार्वजनिकीकरण गरिएको थियो ।