
धीरकुमार श्रेष्ठद्वारा लिखित समालोचना कृति ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ को सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा समालोचक श्रेष्ठको पुस्तक माथी अन्तरक्रिया भएको हो । ऐरावती प्रकाशन प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा रामदेव पाण्डेले सभाध्यक्षता गर्नुभएको थियो भने प्रा. डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिहरू प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. देवी नेपाल र प्रा. अनुपमा रेग्मीको उपस्थिति थियो । ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रबन्ध निर्देशक आनन्द तिवारीले स्वागत मन्तव्य दिनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले पुस्तक सार्वजनिक गर्नुभएको थियो। देबु लुइटेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा. अनुपमा रेग्मी र प्रा.डा. रामप्रसाद ज्ञवालीबाट ‘अध्ययन विश्लेषण’ एवम् प्रा.डा. कुमारप्रसाद कोइराला र प्रा.डा. देवी नेपालबाट ‘आख्यानको आँखीझ्याल’उपर विद्वत् चर्चा गरिएको थियो । चर्चाका क्रममा समालोचक श्रेष्ठका साहित्यिक योगदानका साथै उहाँका उक्त समालोचनात्मक कृतिका सबल र दुर्बल पक्षका बारेमा चर्चाकारहरुबाट प्रकाश पार्ने कार्य भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले कृतिहरूको महत्त्व र समालोचनात्मक दृष्टिकोणमाथि प्रकाश पारी कमी कमजोरी औल्याउँदै मन्तव्य दिनुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

