थाइल्यान्ड, बैङ्कक शहर स्थित ‘सामाजिक भवन’मा ‘आदर्श’ पुस्तकालयको उद्घाटन समारोह सम्पन्न भएको छ ।

प्रस्तुत पुस्तकालयको उद्घाटन समारोहमा प्रमुख अतिथिहरू थाई नेपाली संघका केन्द्रीय निरीक्षक ध्रुव अधिकारी, बैङ्कक शाखा अध्यक्ष रामकुमार ढुङ्गाना र शिक्षाविभाग प्रमुख ओमप्रकाश न्यौपाने रहनुभएको छ ।

उद्घाटन समारोहमा शिक्षाविभाग प्रमुख ओमप्रकाश न्यौपानेले पुस्तकालयको महत्त्व र यसले स्थानीय समुदायमा पुर्‍याउने सकारात्मक प्रभावको बारेमा चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभयो । साथै ध्रुव अधिकारी र रामकुमार ढुङ्गानाले पनि शिक्षा र पुस्तकालय सम्बन्धी आआफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

सबैको साथ र सहयोगमा खुलेको यस पुस्तकालयमा सबैले आआफ्ना घरका पुस्तकहरू ल्याइएको कुरा बताउँदै दीपा राणाले भन्नुभयो, “यस पुस्तकालयमा विशेष गरी थाइँ, बर्मा, नेपाली र अंग्रेजीका पुस्तकहरू रहेका छन् । र साहित्य र बालसाहित्यलाई महत्त्व दिइनेछ ।”

यस कार्यक्रममा बैङ्कक शाखाका प्रत्येक विभागीय प्रमुख र उपशाखाका अध्यक्षहरू, गुरुगुरुमा र विद्यार्थीहरूको उपस्थिति थियो भने कोहीले कविता वाचन गरेर, कोहीले गीत प्रस्तुत गरेर समारोहलाई भव्य बनाउनु भयो ।