२५ कार्तिक २०८२, मंगलवार हाम्रो टिम सम्पर्क हाम्रा प्रकाशन
समाचार आख्यान गैर-आख्यान काव्य कला नवपुस्ता मुलुकबाहिर विश्व साहित्य पर्या साहित्य English
पोस्ट पेज – टप ब्यानर (Banner Long)
‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

साहित्यपोस्ट

२०८२ आश्विन २२ ०३:२४

साहित्यपोस्ट

२०८२ आश्विन २२ ०३:२४

449
SHARES
ShareTweetSubscribe

स्याङ्जा ।

विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यामिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग असोज २२ गते बुधबार अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरेको हो ।

कवि/साहित्यकार मिलन समिरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झन्डै दुई दशक लामो पत्रकारिताको सिकाइ, ऊर्जा पत्रकारिता तथा पर्यावरणीय लेखन एवम् सिर्जनाका विविध पाटाहरूका बारेमा आफ्ना अनुभव सुनाएका थिए । सिर्जना एवम् सिकाइका लागि खुला र स्वतन्त्र पारिपारिक तथा सामाजिक परिवेश अपरिहार्य रहेको भन्दै उनले त्यस्तो सामाजिक संरचनामा विद्यार्थीको सिर्जनशीलताको प्रचुर विकास हुन सक्ने बताए ।

गत जेठमा मात्र वियोगीको १५ वटा कथा सङ्ग्रहित ‘सत्यम्’ कथासङ्ग्रह बजारमा आएको छ । उनले पत्रकारितासँगै निबन्ध, नियात्रा, संस्मरण, गीत तथा कवितामा समेत कलम चलाउँदै आएका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षक शेषकान्त खनालले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रध्यानाध्यापक टोलप्रसाद रेग्मीले साहित्यकारसँग हुने यस्ता परामर्श एवम् अनौपचारिक छलफलले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुने बताए ।

यस्तै, कार्यक्रममा शिक्षकहरू भूपेन कोइराला तथा बलराम बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई मनन् गर्दै आगामी दिनमा विद्यालयले यस्ता अनौपचारिक कार्यक्रमलाई निरन्तरता दिने बताए । यसैगरी, कार्यक्रममा मौन आवाज निबन्धकृति र सेतो सुनखानीका सर्जक एवम् साहित्यकार शम्भु अर्यालले आफ्ना केही सिर्जना वाचन गरेका थिए ।

सहजकर्ताको भूमिकासँगै कवि मिलनले आफ्ना सिर्जना वाचन गरेका थिए । अन्तरक्रियामा करीब दुई दर्जन विद्यार्थीको सहभागिता थिए ।

पोस्ट पेज – लेखको तल 1st  (Banner  Ad)
पोस्ट पेज – लेखको तल 2nd  (Banner  Ad)
पोस्ट पेज – लेखको तल 3rd  (Banner  Ad)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
पोस्ट पेज – लेखको दाहिने 1st (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 2nd (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 3rd (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 4th (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 5th  (Box Ad)



नयाँ पोस्ट
कविता : धनीको कुकुर 
कथा : रक्तबीज
कथा: मखमली
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म
क्लासिक कथा : वधशाला जाँदा आउँदा
कथा: टाढा कतै

र यो पनि पढ्नुहोस्...

हामीलाई प्राप्त साताका पुस्तक
साहित्यपोस्ट २०८० भाद्र १५ ०३:०१

हामीलाई प्राप्त साताका पुस्तक

म्यान्मामा पनि मनाइयाे भानुजयन्ती
साहित्यपोस्ट २०८० श्रावण ८ ०८:४३

म्यान्मामा पनि मनाइयाे भानुजयन्ती

बाह्र लाख खर्चेर साहित्यिक सांस्कृतिक महोत्सव
साहित्यपोस्ट २०८० फाल्गुन ९ १०:३४

बाह्र लाख खर्चेर साहित्यिक सांस्कृतिक महोत्सव

हामीलाई प्राप्त साताका पुस्तक
साहित्यपोस्ट २०८० कार्तिक ३ ०४:०१

हामीलाई प्राप्त साताका पुस्तक

‘शारदा’ पत्रिकाको साउन अङ्क प्रकाशित 
साहित्यपोस्ट २०८० श्रावण २८ १०:०५

‘शारदा’ पत्रिकाको साउन अङ्क प्रकाशित 

गजलकी बघिनी संगीता अब गजल ‘उत्सव’मा 
साहित्यपोस्ट २०८० बैशाख २० ०७:३८

गजलकी बघिनी संगीता अब गजल ‘उत्सव’मा 

साहित्यपोस्ट डट कम
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८

Quick Links

About Us
Terms And Condition
Privacy Policy
Advertisement
हाम्राे टिम

अश्विनी कोइराला

प्रधानसम्पादक

कृष्ण ढुङ्गेल

सम्पादक

प्रकाश पौडेल "माइला"

सर्वज्ञ वाग्ले

संरक्षक

लेख रचना पठाउन : sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०७९, शब्द मिडिया प्रा. लि.
Developer: Anil Khatiwada । Layout: Milan Acharya