नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को सातौँ अभ्यास २०८१ मंसिर २५ गते सम्पन्न भएको छ ।
‘विलोम’को उद्देश्य अनुरूप सातौँ भेटघाटमा आख्यानकार एवं कवि पुष्कर लोहनीसँग भएको हो ।
लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा लघुकथाका हकमा लघुकथा के हो ? र कस्तो हुनुपर्छ ? लघुकथा लेखनमा देखा परेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध विषय र उहाँको लेखनका बारेमा कुराकानी भएको थियो ।
लघुकथाकार विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत सातौँ अभ्यास लोहनीको निवास, डिल्लीबजार,लोहनी निवासमा भएको हो । पहिलो विलोम अभ्यास २०७९ साल फागुन महिना देखि प्रारम्भ गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।