लघुकथामा नौलो अभ्यास ‘विलोम’को पहिलो अभ्यास सम्पन्न भएको छ ।
लघुकथाकारत्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यासअन्तर्गत पहिलो अभ्यास फागुन ३ गते गरिएको हो ।
नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पु-याउनु यस अभियानको उद्देश्य रहेको छ । सुप्रसिद्ध नाट्यकर्मी अशेष मल्लनिवासमा यो अभ्यास गरिएको थियो ।
लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा पहिलो कुराकानी अन्तर्गत मल्लसँग झण्डै दुई घण्टा लघुकथा के हो र कस्तो हुनुपर्छ भन्नेदेखि लघुकथा लेखनमा देखापरेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध पक्ष बारे र उहाँको लघुकथा लेखनका अनुभूति बारेमा पनि विस्तृत कुराकानी भएको थियो ।
लघुकथाको ऐतिहासिकता उन्खनन एवम् लघुकथाको बढ्दो लोकप्रियतालाई दृष्टिगत गर्दै यसको स्तरीयता कायम राख्नका लागि यस किसिमको अभ्यासबाट सहयोग पुग्ने यसका अभियन्ताहरूको धारणा रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

