चेतन कार्की प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्देशक, गीतकार एवं संस्कृतिविद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती मनाएको छ ।
कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष मिथिला शर्मा, कलाकारहरू मदनदास श्रेष्ठ, नीर शाह, इतिहासविद् प्रा.डा. सुरेन्द्र के. सी., नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी., चेतन कार्की प्रतिष्ठानका उपाध्यक्ष मोहन निरौला, कार्यसमिति सदस्य राधेश्याम लेकाली लगायतले चेतन कार्कीको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा गायिका रितु कँडेलले चेतन कार्कीको गीत चर्चित गीत “कान्छी हे कान्छी गाउनु भएको थियो । त्यस्तै, लोक गायक प्रेमराजा महतले भुँवरी फिल्मको गीत “यो मायाको मोहनी आँखा” बोलको गीत गाउनुभएको थियो ।
प्रतिष्ठानका महासचीव मुरारी सिग्देलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 







