साहित्यसोस्टको प्रकाशन रहेको निकथा सङ्ग्रह ‘चोभार ब्लुज’का स्रष्टा विक्रमभक्त जोशी अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित भएका छन् । नेपाली साहित्य क्षेत्रमा उच्च योगदान पुर्याएबापत उनी ‘एशिया–नेपाल इन्टरनेशनल नोबल लिटरेचर अवार्ड – २०२४’ द्वारा सम्मानित भएका हुन् ।
शैली मिडिया नेटवर्क प्रा.लि. द्वारा आयोजित सो कार्यक्रममा गीतकार प्रकाश कुइँकेल, वरिष्ठ पत्रकार श्याम स्मृत, आमाछोदिङो गाउँपालिका रसुवाका अध्यक्ष भुचुङ तामाङ, लायन राजेश हिमालय, थाई एनआरएन कुमार कार्की लगायतका व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न देशका लायन तथा एनआरएनहरूको उपस्थिति रहेको थियो ।
‘चोभार ब्लुज’का साथै बालचित्रकथा ‘बेखामान र राक्षस’ नामक सफल कृति सिर्जना गरेर नेपाली साहित्यमा पदार्पण गरेका स्रष्टा हुन् जोशी । चोभार ब्लुज लेखकको पहिलो पुस्तक (आख्यानतर्फ) लाई प्रदान गरिने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार – २०७९’ को उत्कृष्ट तीनमा पर्न सफल कृति हो । साथै, यो पुस्तक नारी स्रष्टा समाजद्वारा २०७९ को वर्षपुस्तक घोषित भएको थियो ।
नेपाली साहित्य क्षेत्रमा ढिला पदार्पण गरेर छिट्टै अग्रता हासिल गर्ने थोरै नाममध्येमा पर्न सफल जोशी ‘निकथा’ नामक नूतन विधाका प्रणेताका रूपमा चिनिन सफल छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।