हामी नेपाली ग्लोबल’ले साहित्यकार बिक्रम भक्त जोशीलाई सम्मान गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा संयुक्त राष्ट्र अमेरिकाको न्यूयोर्कमा स्थापित उक्त संस्थाले जोशीलार्इ सम्मान गरेको हो ।
समारोहका प्रमुख अतिथि चलचित्र निर्देशक/साहित्यकार प्रकाश सायमीले जोशीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
‘धर्म, जाति वा वर्गबाट स्वतन्त्र संगठन’ नारा सहित स्थापित यस संस्थाका शाखा विश्वका विभिन्न ४१ देशमा विस्तारित छन् । केन्द्रीय कार्यालय न्यूयोर्कमा रहेको यस संस्थाका केन्द्रीय अध्यक्ष अमृत लामा हुनुहुन्छ ।
‘संसार्स अनलाइन टिभी’ का सञ्चालक स्वतन्त्र महर्जनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार श्याम स्मृतले स्वागत मन्तव्य राख्नु भएको थियो भने विशेष अतिथिहरू पूर्व स्वास्थ्य एवं पर्यटन सचिव रामचन्द्र मान सिंह, स्वास्थ्य अभियन्ता लक्ष्मीनारायण सुवाल, कवि भानुप्रकाश जोशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा साहित्यकार/कवि धेनुलक्ष्मी सिंह, गायक शैलेश सिंह, सम्मानित जोशीकी अर्धाङ्गिनी बिन्जु जोशी, मुक्तककार मानबहादुर भुजेल, नाट्यकर्मी राज रजक, संसार्स अनलाइन टिभीकी प्रेमाहा महर्जन लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियर तथा पूर्व बैंकर जोशी पछिल्लो समय साहित्य साधनामा सक्रिय हुनुहुन्छ । नेपाली साहित्यमा कथा, नियात्रा र निबन्धको फ्युजनका रूपमा निकथा विधा शुरु गर्ने श्रेय उहाँलाई जान्छ । उहाँको निकथासङ्ग्रह ‘चोभार ब्लुज’ साहित्यपोस्टबाट २०७९ मा प्रकाशित भएको हो । उक्त पुस्तक ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०७९’ को उत्कृष्ट तीनमा पर्न सफल हुनाका साथै नारी स्रष्टा समाजद्वारा २०७९ को वर्षपुस्तक घोषित भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।