केदाननाथ श्रेष्ठ र लीलादेवी श्रेष्ठको जीवन, अनुभव र सम्झनाको पुस्तकीकरण हो ‘प्रेम, त्याग र समर्पण’ । जसलाई पुस्तकको रूप दिने काम लेखक बुलु मुकारुङले गरेका छन् । कृतिमा श्रेष्ठद्वयका विस्मृतिमा रहेका कहालीलाग्दा, करुण–कर्कस र रुग्ण तीता–मीठा सम्झनाहरू प्रस्तुत भएका छन् ।

‘यो कृति कुनै कथिएको वा बनावटी कथा, आख्यान–उपन्यास होइन जहाँ चराचर जगत् नै मान्छे जस्तै बोलुन्, संवाद गरुन् ।’ प्राक्कथनमा लेखक मुकारुङ लेख्छन्, ‘यो एक सत्यतथ्यमा आधारित दुई व्यक्तित्वले अनुभूत गरेका, दुःख–कष्ट बेहोरेका विगतको संस्मरण–सम्झना हो । भोगाइ हो । घटनाहरू हुन् । पात्रद्वयका आफ्ना निजी अनुभूति हुन् । जो मान्छेले आफ्ना जीवनकालमा भोग्ने गर्छ, भोग्दै जाने गर्दछ, ज्ञान र अनुभव हासिल गर्न गर्दछन् ।’

पुस्तकमा श्रेष्ठद्वयका जीवनका अनुभव र सम्झनालाई ४६ उपशीर्षकमा प्रस्तुत गरिएको छ ।

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ९९ रुपैंया रहेको छ ।