शैलकी छोरी
प्रसिका हो या परी
अनेक थरी (पृ. ७)
झापाका साहित्यकार दीपक सुवेदीको हाइकुसम्बन्धी पुस्तक हो ‘घामको यात्रा’ (हाइकुः सिद्धान्त र सिर्जना) । यस कृतिमा सुवेदीले हाइकु सिर्जनासहित यसका सिद्धान्तहरुसमेत समेटेका छन् ।
तेलको कुण्ड
बगलीभित्र छुरा
मुखमा राम । (पृ. ४०)
‘थोरै शब्दमा बौद्धिक भाव र जटिल साहित्यिक सत्ताको सिर्जना काइकुले गर्छ । त्यसैले जापानीकरण गरिएको हाइकुमा अङ्कगणित मात्रै मिलाएर हुँदैन ।’, हाइकु सिद्धान्तका बारेमा सुवेदी लेख्छन्, ‘संक्षिप्तताभित्र पूर्णता र भावविन्यासमा हाडे ओखर जस्तै हो । सम्भावनाको खालिपनाले हाइकुमा बाहुल्यता राख्दछ, चेतनालाई परेड खेलाउँदछ । यसमा हाइजीनको दृष्टि हुन्छ । यसबाट दृष्टिकोण बन्दछ । पाँच–पाँच अक्षरको दुई किनारा बीचबाट सात अक्षरको बगेको पानी हो हाइकु । जहाँको गहिराइमा हुन्छ, सूर्य र जूनको तेज र शीतलता ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ७३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।