काठमाडौँ । नपाल गजल प्रतिष्ठानले हरेक दुई महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’को चौथो शृङ्खला यही १२ जेठमा गर्ने भएको छ ।
सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा दिउँसो १२:३० बजे हुने यस पटकको शृङ्खलामा गजलकारहरू भुवन बोहोरा ‘निस्तेज’, आर्य आयुषा र त्रुपकलाई प्रस्तुत गरिने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।
खुला प्रवेश गरिएको मुशायरामा दुईवटा साङ्गीतिक गजल प्रस्तुतिसँगै डा. भोजराज घिमिरेको नयाँ गजल कृति ‘नाद’को विमोचनसमेत गरिने प्रतिष्ठानका सचिव अनजान यात्रीले बताए ।
नेपाली गजलको परिष्कार अभियानमा सक्रिय प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत गजल प्रशिक्षण गर्दै आएको छ भने समयसमयमा साङ्गीतिक गजल मुशायरा पनि गरिरहेको छ ।
यसअघि गत १७ चैतमा प्रतिष्ठानले ‘बृहत् साङ्गीतिक गजल गुञ्जन’ सम्पन्न गरिसकेको छ । यस्तो बृहत् साङ्गीतिक गजल गुञ्जन हरेक वर्ष चैतमा गरिने बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।