नेपाल गजल प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च, प्राञ्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससँगको सहकार्यमा झापाको बिर्तामोडमा एक गजल मुशायराको आयोजना गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको मुशायरा प्रतिष्ठानले काठमाडौँबाहिर गरेको पहिलो मुशायरा कार्यक्रम हो ।

डा. प्रदीप कुमार मैनाली, भूवन निश्तेज, आँचल कुमार शर्मा, अन्जान यात्री, राधा कणेल, जीवन काश्यप, सुरेश सुवेदी, घनश्याम पथिक, विजय योजित, युवराज खतिवडा, दीप प्रदीप, जानुका गुरागाईँ, गीता सुबेदी नेपाल, डा. खगेन्द्र दाहाल,दुष्यन्त भट्टराईलगायतका गजलकारहरूले आफ्ना गजललाई तरुन्नम र तहत शैलीमा वाचन गरेका थिए ।

यसका अतिरिक्त प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले आफ्नै सङ्गीत संयजोनमा डा. भोजराज घिमिरे र डा. प्रदीप कुमार मैनालीको गजल गायन, विजय ढुङ्गेलले आफ्नै सङ्गीत र गायनमा खगिन्द्रा खुसी र रश्मि असफलको तथा आदित्य अधिकारीले आफ्नै सङ्गीत र गायनमा मिलन कुमार ढुङ्गानाको गजल प्रस्तुत गरेका थिए ।

करिव २५० गजल-श्रोताको उपस्थिति रहेको सो कार्यक्रमको प्रथम भाग तीर्थ सिग्देलले र दोस्रो भाग खगिन्द्रा खुसीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमका प्रायोजकमा ग्लोबल आइ एम ई बैँक, एक्सल डिभलपमेन्ट बैँक, होम केयर, बेल्स मोडेल स्कुललगायतले गरेका थिए ।

कार्यक्रमको अनलाइन पार्टनर साहित्यपोस्ट र मिडिया पार्टनरमा इखरीपाटी रहेका थिए ।

यसअगाडि काठमाडौँमा ४ ओटा मुशायरा सफलतापूर्वक सम्पन्न गरिसकेको नेपाल गजल प्रतिष्ठान नेपाली गजलको उन्नयननका लागि करिब २ वर्षअगाडि विधिवत् दर्ता भएको जानकारी प्रतिष्ठानका अध्यक्ष्य श्रेष्ठले जानकारी दिनुभयो ।

मुशायरा अगाडि गजल प्रशिक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । करिब १०० जना प्रशिक्षणार्थी सहभागी कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष एवम् गजलकार, पत्रकार एक साहित्यकार घनेन्द्र ओझाले प्रशिक्षण गर्नुभएको थियो ।