
आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले शनिवार राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको सम्पन्न गरेको छ ।
यस मुशायरा कार्यक्रममा आदि-गजलकार मोती रामभट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै तीन चर्चित युवा गजलकारहरू तनहुँका गजलकार अन्जान यात्री, धादिङकी गजलकार राधा कणेल र अर्का प्रखर गजलकार झापाका मिलनकुमार ढुङ्गानाको तहत एवम् तरन्नुम शैलीमा आ-आफ्ना गजलहरू प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित तीन गजलकारहरूबाट थप तीन गजलकारको १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिएको थियो । जसमा गजलकार नृपेश उप्रेती , खिम पुन र रोमा लम्सालज्यूका गजलहरू वाचन गरिएका थिए । यसका अलावा १० गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचल कुमार शर्माले वाचन गर्नुभएकोथियो । जस अन्तर्गत प्रदिपकुमार मैनाली डा. भोजराज घिमिरे करुण थापा ,नारायण घिमिरे विजय योजित आदिका गजलहरू वाचन भएकाथिए ।
यस कार्यक्रमका स्पोन्सरका रूपमा कर्मचारी ग्लोबल आइएमई बैँक,सञ्चय कोष , नेपाल टेलिकम, सूर्य ज्योति , सूर्य नेपाल , एभरेष्ट बैंक लिमिटेड , नागरिक लगानी कोष , टेम्पल टाइगर, भायनेट आदि रहेका थिए ।
संस्थाले आगामी कार्तिक १८ गते साँस्कृतिक संस्थानकै मूख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरिसकेको नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

