खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी(दि.रु.म) नगरपालिका वडा नं ३ का स्थायी बासिन्दा बगेन्द्र राई र पत्नी मीना राईले स्थानीय श्री सुर्केडाँडा आधारभूत विद्यालयलाई रु १०,५०० बराबरको पुस्तक उपहार स्वरुप प्रदान गरेका छन् ।

दम्पति राईले भर्खरै बजारमा आएको सुरेश राईको कविता संग्रह ‘सम्झनाको फोटोकपी’ तीस थान उक्त विद्यालयको पुस्तकालयलाई प्रदान गर्नुभएको हो । उहाँहरूले यसरी आफ्नो गाउँ ठाँउको विद्यालयलाई केही पुस्तक आफूले दिन पाउँदा अत्यन्तै खुसी र सन्तोष लागेको बताउँदै विद्यालयको समृद्धिको कामना समेत गर्नुभएको छ ।

पुस्तक वितरणमा भने कारणवस उपस्थित हुन नसकेकाले उहाँहरूकी बुहारी मनकला राईले पुस्तक हस्तान्तरण गर्नुभएको हो । पुस्तक विद्यालयकी प्रधान अध्यापक बिमला सुन्दास, पूर्व प्रधान अध्यापक राम बहादुर पाण्डे, विद्यालयका अध्यक्ष रुद्र राई, शिक्षकद्वय शिव कुमार थापा र शिक्षिका सिर्जना राईले संयुक्त रुपमा ग्रहण गर्नुभयो । विद्यालयमा कक्षा सातसम्म पठनपाठन हुन्छ ।

पुस्तकका लेखक राईले आफूलाई यो खबरले अत्यन्तै खुसी लागेको बताउँदै उहाँहरुप्रती हार्दिक आभार व्यक्त गरेका छन् ।