०७९ को ‘उत्तम शान्ति पुरस्कार’ डा. नवराज केसीको ‘शून्यको मूल्य’लाई समर्पण गरिएको छ । डा. पार्थिवेश्वर तिमल्सिना, संरक्षकद्वय अणिमा कुँवर र अनामिका सिंहले मैतिदेवी, काठमाडौँस्थित रूद्रकृष्ण योग केन्द्रमा आयोजित एक कार्यक्रममा बिच केसीलाई सम्मानित गर्दै पुरस्कार अर्पण गरेका हुन् ।
नगद पुरस्कारसहित नाङ्लोमा अङ्कित गुठीको लोगो संयुक्त रूपमा केसीलाई हस्तान्तरण गरिएकाे हो । प्रत्येक वर्ष गैरआख्यानात्मक कृतिलाई समर्पण गरिने यो पुरस्कार रू. १ लाख राशीको रहेको छ ।
कार्यक्रममा डा. विन्दु शर्माले पुरस्कार प्राप्त कृतिबारे र पुरस्कृत डा. नवराज केसीले कर्णाली तथा जाजरकोटको दारुणस्थिति बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा किशोर पहाडी, स्नेह सायमी, लक्ष्मी माली, सुभाषचन्द्र पौडेल, राधेश्याम लेकाली, राजेश खनाल, विमल भौकाजी, सुमन वर्षा, यज्ञराज उपाध्याय, विवेक ओझा, डा. नेत्र एटमलगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालन आख्यानकार नयनराज पाण्डेले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।