दार्जीलिङका साहित्य सर्जक अर्जुन प्रधानको निधन भएकाे छ । लामो समयबाट मिर्गौलाको रोगले पीडित साहित्यकार प्रधानको गए राति ३ बजे निधन भएको हो ।

७२ वर्षीय प्रधान कुशल समालोचक, कवि तथा निबन्धकार हुनुहुन्थ्यो । हालसम्म उहाँका करिब २० वटा कृति प्रकाशित छन् ।  आजभन्दा लगभग एक महिनाअघि उहाँको ‘संज्ञान’ नामक समालोचना पुस्तक प्रकाशित भएको थियो।

प्रधान अङ्ग्रेजी शिक्षक रही सेवानिवृत्त भएर पनि पुस्तक अध्ययन लेखन र चर्चामा सक्रिय हुनुहुन्थ्यो।