छायाँले छोप्यो उज्यालो दिन
सपनाहरू बिलाए आँधीसँगै
मनको आकाश भत्किएर गयो
व्यथाले मुटु चिरा चिरा पार्दै गाडियो

म कहाँ जाऊँ? हे ईश्वर!
न्यायको घाम कहिले उदाउँछ?
माया नै जब विष बनेर पोखिन्छ
यो मनले कति सहूँ, कति बोलूँ?

कसैलाई दोष दिन सक्दिनँ
तर आफ्नै छायाँले घेरियो जिन्दगी
मौनताले चिच्याइरहेछ भित्र
यो वेदनाको अन्त कहिले होला?

म कहाँ जाऊँ? हे ईश्वर!
साँचो प्रेम किन यति कठोर बन्यो?
भरोसा जब अभिशाप बन्छ यहाँ
के अझै मौन बसिरहूँ?

हिम्मतले आँशू पुछ्दै हिंड्नेछु
यो रातको अन्त्य एक दिन हुनेछ
सत्य कहिल्यै हार्दैन यहाँ
म निराश छैन, म बाँचिरहेछु!

शान्ति देऊ यो मनलाई, हे ईश्वर!
सौहार्द्ध देऊ सम्बन्धलाई
म कमजोर छैन, म निरीह छैन
न्यायको घाम फेरि उदाउनेछ

यस्तै एउटा अन्तरमनको कथा
दुःखसुख परिवर्तन हुन्छ
अनि सुख पनि त दुःखमा
निरन्तर यात्रामा छु।