१४ असार २०८३, आईतवार हाम्रो टिम सम्पर्क हाम्रा प्रकाशन
समाचार आख्यान गैर-आख्यान काव्य कला नवपुस्ता मुलुकबाहिर विश्व साहित्य पर्या साहित्य English
पोस्ट पेज – टप ब्यानर (Banner Long)
साताकाे पुस्तक : अश्विनकुमार पुडासैनीकाे ‘समृद्धिको हुटहुटी’

साहित्यपोस्ट

२०८० भाद्र १ ०४:३९

साहित्यपोस्ट

२०८० भाद्र १ ०४:३९

ShareTweetSubscribe
साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई चर्चित पुस्तक ‘बत्तिमुनि उज्यालो’का लेखक अश्विनकुमार पुडासैनीकृत गैरआख्यान निबन्ध सङ्ग्रह  “समृद्धिको हुटहुटी (सुशासन र समृद्धिका १०१ पाइला)” प्राप्त भएकाे छ ।

 

१ सय २४ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘प्रत्येक नेपालीको बैङ्क खाता’, ‘एउटै नेशनल पेमेन्ट गेटवे सिस्टम’, ‘सबै नेपाली साक्षर’, ‘प्रत्येक पालिकाबाट गोरखापत्र’, ‘गिट्टी बालुवा निर्यातमा प्रतिबन्ध’, ‘डढेलाबाट मुक्ति’, ‘समय व्यवस्थापन’लगायत १ सय वटा लेखहरू समावेश छन् ।

समृद्धिकाे हुटहुटीलेखकीयमा लेखिएको छ, “‘उज्यालो मृत्यु’पछि मैले जीवनलाई नितान्त बेग्लै किसिमले हेर्न थालेको छु । अस्पतालबाट फर्केर घरमा आराम गरिरहँदा मैले अब त म बाँचेँ, मृत्युको भयबाट पनि तत्कालका लागि मुक्त भएँ, अब मैले गर्नुपर्ने काम कर्तव्य के हुन सक्छन् भनेर निरन्तर चिन्तन-मनन गरिरहेँ । त्यसै क्रममा, के गर्नुपर्छ त मेरै पालामा देशका सुशासन र समृद्धिका लागि भन्ने विषयमा मनमा उछिनपाछिन गर्दै आएका कुराहरू साना नोटबुकहरूका टिपिरहेँ । त्यही टिपोटका सविस्तार प्रस्तुति हो यो पुस्तक – समृद्धिको हुटहुटी ।”

“अधिकांश मानिसमा, खास गरी नयाँ पुस्तामा देश र यसको भविष्यप्रतिको आशा मर्दै आएको छ, जो सबैभन्दा ठूलो चिन्ताको विषय हो । नेपालमा जन्मेका, हुर्केका र प्लस टु वा स्नातकसम्मको अध्ययन पूरा गरेका अधिकांश युवा जनशक्तिको सपना नै विदेश जाने रहेको छ । अध्ययनको नाममा विदेश जानेहरूले पनि सके अध्ययन गर्ने, नसके उतै रोजगारी खोज्ने, उद्योग, व्यवसाय र घरजम गर्ने गरेको पाइएको छ । उनीहरू मात्र होइन, जनसङ्ख्याको ठूलो हिस्सा विदेश जाने र उतै बस्ने सपना बनाउँछन् ।” पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “हामी सर्वेक्षण गरौँ, शहरी क्षेत्रमा घर-सम्पत्ति, उद्योग-व्यवसाय सबै भएका अत्यधिकांश मानिसका सबैजसो सन्तानहरू विदेशमा नै छन् । सन्तान मात्र किन, मौका पाए उनीहरू आफैँ पनि विदेश गएर बस्न लालायित छन् । समृद्धिको यात्रामा आजको मुख्य चुनौती भनेकै यही हो ।”

पुस्तकलाई देउराली प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो ।

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्...
पोस्ट पेज – लेखको तल 1st  (Banner  Ad)
पोस्ट पेज – लेखको तल 2nd  (Banner  Ad)
पोस्ट पेज – लेखको तल 3rd  (Banner  Ad)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
पोस्ट पेज – लेखको दाहिने 1st (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 2nd (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 3rd (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 4th (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 5th  (Box Ad)



नयाँ पोस्ट
विजयी हुने कुरामा विश्वस्त छु – सुरेन उप्रेती
१०/१० ब्याडीको सङ्गत (निबन्ध/नवपुस्ता)
टंक दाइको पुरुषार्थ (कथा/नवपुस्ता)
मानवीय संवेदनाको कथा बोकेको ‘स्याल सिंह’ आजबाट मञ्चन
हामीलाई प्राप्त साताका पुस्तक

र यो पनि पढ्नुहोस्...

साताकाे पुस्तक : आफ्नै स्वर आफ्नै सुर
साहित्यपोस्ट २०८२ मंसिर १९ ०४:०६

साताकाे पुस्तक : आफ्नै स्वर आफ्नै सुर

साताकाे पुस्तक : मलाई पनि निद्रा लागेन
साहित्यपोस्ट २०८२ पुष २५ ०३:२६

साताकाे पुस्तक : मलाई पनि निद्रा लागेन

साताकाे पुस्तकः नपुरिएका घाउहरू
साहित्यपोस्ट २०८० आश्विन २६ ०४:२३

साताकाे पुस्तकः नपुरिएका घाउहरू

साताकाे पुस्तक
साहित्यपोस्ट २०८० श्रावण १९ ०५:०६

साताकाे पुस्तक

साताकाे पुस्तक : मोदनाथ महरट्टाको ‘जेल डायरी’
साहित्यपोस्ट २०८० माघ ५ ०४:५८

साताकाे पुस्तक : मोदनाथ महरट्टाको ‘जेल डायरी’

साताकाे पुस्तक : विनयराज गौतमको ‘मृत्युको छहारीमा’
साहित्यपोस्ट २०८० चैत्र १६ ०४:५०

साताकाे पुस्तक : विनयराज गौतमको ‘मृत्युको छहारीमा’

साहित्यपोस्ट डट कम
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८

Quick Links

About Us
Terms And Condition
Privacy Policy
Advertisement
हाम्राे टिम

अश्विनी कोइराला

प्रधानसम्पादक

कृष्ण ढुङ्गेल

सम्पादक

प्रकाश पौडेल "माइला"

सर्वज्ञ वाग्ले

संरक्षक

लेख रचना पठाउन : sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०७९, शब्द मिडिया प्रा. लि.
Developer: Anil Khatiwada । Layout: Milan Acharya