नेपाली साहित्य समाज टोरण्टोको आयोजनामा साहित्यकार गोविन्द गिरी प्रेरणा लिखित पारिजातको जीवनी “सुश्री पारिजात” को परिचर्चा तथा कवि गोष्ठी कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको सुरूमा गोविन्दसिंह रावतले गोविन्द गिरी प्रेरणाको साहित्यिक योगदानको चर्चा गर्दै तीसको दशकमा साहित्यिक सहचार्य तथा रङ्गमञ्चमा प्रस्तुत भएको सम्झना गरे ।

त्यसपछि कविता वाचन गर्नेहरूमा प्रभा बस्नेत, अनुप न्यौपाने, श्रीराम सिं बस्नेत, राधा अर्याल, रविन्द्र लम्साल, युवराज भण्डारी, खेमगुरागाईं, पारू पाण्डे, मोहन खरेल, गोविन्दसिंह रावत, शोभा गुरागाईं रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार गोविन्द गिरी प्रेरणाले पारिजातको जीवनका विविध पाटाहरूको चर्चा गर्दै पारिजातको नेपाली साहित्यमा योगदान बारे आफ्नो धारणा प्रस्तुत गरे । तत्पश्चात् प्रश्नोत्तरसमेत भएको थियो । उनले आफ्ना कवितासमेत प्रस्तुत गरेका थिए ।

सो समारोहमा नेपाली साहित्य समाजको तर्फबाट गोविन्द गिरी प्रेरणालाई साहित्यमा पुर्याएको योगदानको कदर स्वरूप सम्मानपत्र-समेत अर्पण गरिएको थियो ।