नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे सङ्गीत विभागकाे आयोजनामा पञ्चेबाजा र खैजडी वादन प्रशिक्षण सम्पन्न भएको छ । जेष्ठ ३० गतेदेखि सञ्चालित प्रशिक्षण कार्यक्रम असार ८ गते सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रममा १३ जना युवा र १२ जना प्रौढ गरी जम्मा २५ जना प्रशिक्षार्थीहरू सहभागी थिए । प्रशिक्षार्थीहरूलाई गायक, सङ्गीतकार तथा वाद्यवादक आशिष अविरल र सहनाइ वादक मेखबहादुर परियारले प्रशिक्षण दिनुभएको थियो ।
सङ्गीत विभाग प्रमुख प्राज्ञ कर्णबहादुर गाैतमको संयाेजनमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रममा शास्त्रीय तथा आधुनिक दुबै विधिबाट प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षक कार्यक्रमकाे समापनमा गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यता रहेको थियाे ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 










