साहित्यिक पत्रकार संघले २०८० बैशाख ५ गते डालो रेस्टुरेन्ट, काठमाडौँमा सर्जक बिना पोखरेलको आत्मकथाकृति “जीवनका अनुभूति”को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।

वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यता आयोजित सो कार्यक्रम साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

अमेरिकामा बसोबास गर्दै आउनु भएकी लेखक बिना पोखरेलको आत्मकथाकृति “जीवनका अनुभूति” दोस्रो संस्करण हो । कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र केसी, अध्यक्ष राधेश्याम लेकाली, लेखक बिना पोखरेल, वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, किशोर पहाडी, श्रीओम श्रेष्ठ “रोदन”, युवराज नयाँघरे, प्रा.डा. गोविन्दमान सिंह कार्की, मन्जिला अनिल, डा. शान्तिमाया गिरी, शिव अधिकारी, मुरारि सिग्देल, अस्मिता भण्डारी, रामचन्द्र महर्जन, अरुण रुपाखेती (निवर्तमान अध्यक्ष अनेसास डी. सी. च्याप्टर), प्राज्ञ बाबा बस्नेतलगायतले पुस्तकको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, निर्मलरमण पराजुली, सुशीला देउजा, नीता श्रेष्ठ, पारु तिमिल्सिना लगायत डा. गोपाल चिन्तन, विजय शाह (अमेरिका), सुलोचना पौडेल, सागर शर्मा, विष्णुबहादुर विष्ट, हेमन्त तिवारी लगायतको उपस्थिति रहेको थियो ।

साहित्यिक पत्रकार संघका कार्यसमिति सदस्य डा. दामोदर पुडासैनीले स्वागत मन्तव्य र कार्यक्रम संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।