साहित्यिक पत्रकार संघ (सापस)ले असार २३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रेखा यादवको उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो परिचर्चा कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं अनुवादक मोहन सिटौला (अमेरिका) हुनुहुन्थ्यो । सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।
सो परिचर्चा कार्यक्रममा प्रमुख अतिथि मोहन सिटौल, अध्यक्ष राधेश्याम लेकाली, अतिथि किशोर पहाडी, रेखा यादव, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती, वरिष्ठ साहित्यकारहरु युवराज नयाँघरे र डा. दामोदर पुडासैनी, मुरारि सिग्देल, समालोचक डा. रमेश शुभेच्छुक, सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिल, कृतिका सम्पादक साहित्यकार विनोद विश्वकर्मालगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उपन्यासकारसँग उपस्थित पाठकहरूमध्ये कन्चना झा, अंशु झा र सचिदानन्द यादवले जिज्ञासा पनि राखेका थिए जसको जवाफ उपन्यासकार यादवले दिनुभएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।