
शिलापत्र अनलाइन पत्रिकाले आख्यानतर्फको ‘शिलापत्र वर्ष पुस्तक’ घोषणा गरेको छ । शिलापत्रले सुबिन भट्टराईको उपन्यास ‘इजोरिया’लाई आख्यानतर्फको वर्ष पुस्तक घोषित गरेको हो ।
‘आख्यान क्याटगोरीमा शिलापत्र वर्ष पुस्तक २०७९ इजोरियाले मधेशी लवजमा पारिवारिक द्वन्द्व र मानवीय संवेदनाको कथा भन्छ ।’, शिलापत्रले लेखेको छ, ‘चकलेटी लेखकको पहिचान बनाएका भट्टराईले मधेशी समाजको प्रतिबिम्बि झल्काउने क्रममा समग्र नेपाली समाजभित्र रहेको बलात्कारको पीडाको पैरवी गरेका छन् ।’
त्यस्तै, रामलाल जोशीको कथासङ्ग्रह ‘बाआमा’, डा. दलिपकुमार मल्लको उपन्यास ‘रुइसे दरबार’, अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ र बुद्धिसागरको उपन्यास ‘एक्लो’लाई आख्यानतर्फ ‘शिलापत्र उत्कष्ट पुस्तक’ घोषित गरेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
