शिलापत्र अनलाइन पत्रिकाले काव्य (गजल/कविता) तर्फको ‘शिलापत्र वर्ष पुस्तक’ घोषणा गरेको छ । शिलापत्रले चर्चित गजलकार प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’लाई काव्यतर्फको वर्ष पुस्तक घोषित गरेको हो ।
“मफलरको पहिलो गजलले माताको ममता, शहरको गरिबी, हिंस्रक पुरुषको चरित्र मात्र होइन, प्राकृतिक विपत्तिसँगै आउने गाउँले दुःखलाई एकसाथ पस्केको छ ।”, शिलापत्रले मफलरलाई वर्ष पुस्तक घोषणा गर्दै लेखेको छ, “त्यसैले, प्रदीप रोदनको मफलरले प्रेमिल मात्रै नभएर समाज बोल्छ, दर्शन दिन्छ भनिएको छ । अहिलेको समाजका तमाम विकृतिलाई सटिक ढंगले गजलका सेरमा उतारेका छन् । खारिएका पवित्र वाक्यमार्फत मफलरले सत्तामाथिको प्रश्न, बदलिएको अर्थराजनीतिलाई बताउने प्रयास गरेका छन् ।”
त्यस्तै, दीपा मेवाहाङ राईको कवितासङ्ग्रह ‘यादको सन्दुको’, मञ्जुल मितेरीको कवितासङ्ग्रह ‘कामी’, नवीन प्राचीनको कवितासङ्ग्रह ‘प्वाँख’ र पुरुषोत्तम दाहालको कवितासङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’लाई काव्य (गजल/कविता) तर्फ ‘शिलापत्र उत्कृष्ट पुस्तक’ घोषित गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 









