शिलापत्र अनलाइन पत्रिकाले गैरआख्यानतर्फको ‘शिलापत्र वर्ष पुस्तक’ घोषणा गरेको छ । शिलापत्रले खिमलाल गौतमकृत सगरमाथाको उचाइको अभिलेखीकरणसहितको पुस्तक ‘पन्ध्रौं चुली’लाई गैरआख्यानतर्फको वर्ष पुस्तक घोषित गरेको हो ।
“जीवनको सगरमाथाको उचाइ कति हो ?”, शिलापत्रले पन्ध्राैं चुलीलाई ‘शिलापत्र वर्ष पुस्तक, गैरआख्यान’ घोषणा गर्दै लेखेको छ, “‘नौ बन्धनसँगको आत्मालाप’मा दार्शनिक जिज्ञासाको जवाफ ‘पन्ध्रौँ चुली’ पुस्तकमा लेखक खिमलाल गौतमले सहजै दिएका छन् । र भनेका छन्– ‘अनन्त’ हुन्छ । जीवनको सगरमाथाको उचाइभन्दा पनि भूूगोलको सगरमाथाको उचाइ भने तिनै गौतमले नापेका हुन् । त्यही सगरमाथाको उचाइको अभिलेख हो– पन्ध्रौँ चुली । सगरमाथा नाप्ने विश्वकै पहिलो सर्भेयर र पहिलो नेपाली बनेर इतिहास बनाएका गौतमले सगरमाथासम्बन्धी लेखेको पुस्तक पन्ध्रौँ चुलीले समग्र हिमालको इतिहास बुझाउन प्रेरित गर्छ ।”
त्यस्तै, उज्ज्वल प्रसाईंले लेखेको खगेन्द्र संग्रौलाको जीवनी ‘एक बागी’, गोविन्द गिरी ‘प्रेरणा’ले लेखेको पारिजातको जीवनी ‘सुश्री पारिजात’, डा. नवराज केसीको संस्मरणात्मक निबन्धसंग्रह ‘शून्यको मूल्य’ र रतन भण्डारीले लेखेको नेपालको पहिलो निर्वाचित महिला सांसद् र मन्त्री द्वारिकादेवी ठकुरानीको जीवनीलाई गैरआख्यानतर्फ ‘शिलापत्र उत्कृष्ट पुस्तक’ घोषित गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।