२०७९ फागुन ३० गते सुप्रसिद्ध साहित्यकार पारिजातको ८९ औं जन्मजयन्तीको अवसरमा पारिजात स्मृति केन्द्रले स्मृति भवन म्हेपी, नयाँबजारमा एक कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा २०७९ का लागि प्रदान गरिने पारिजात सम्मानहरू घोषणा गर्नुका साथै पारिजातका जीवनका केही महत्त्वपूर्ण पक्षहरू माथि परिसम्वाद कार्यक्रम संचालन गरिएको थियो ।
उक्त परिसम्वाद कार्यक्रमको संयोजन स्मृति केन्द्रका सदस्य डा. महेश मास्केले गर्नुभएको थियो भने कार्यक्रममा पारिजातकी बहिनी सुकन्या वाइबाले पारिजातका जीवनका विविध आयामका बारेमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा वर्ष -२०७९ का लागि विभिन्न क्षेत्रबाट नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका व्यक्तित्वहरूलाई सम्मानित गर्ने घोषणा गरिएको थियो जस अनुसार पारिजात सङ्घर्षशील नारी सम्मान – २०७९ बाट सङ्घर्षशील नारी व्यक्तित्व गोमा देवकोटा, पारिजात सिर्जन सम्मान – २०७९ बाट साहित्यकार शार्दूल भट्टराई, पारिजात बालसाहित्य सम्मान – २०७९ बाट बालसाहित्यकार गङ्गा कसजू र पारिजात कला सम्मान – २०७९ बाट सङ्गीतकार गुज्जे मालाकारलाई साहित्यकार पारिजातको ३० औं स्मृति दिवस २०८० साल वैशाख ५ गते एक कार्यक्रमका बीच सम्मान गरिनेछ ।
पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले संचालन गर्नुभएको उक्त समारोहमा उपस्थित महानुभावहरूलाई केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
