कवि रञ्जना निरौलाको नयाँ कवितासङ्ग्रह ‘द रिदमअफ पेन’ लोकार्पण गरियो ।
भारतको उडिसा राज्यको सदरमुकाम भुवनेश्वरस्थित स्वस्ति होटेलमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा उक्त पुस्तक लोकार्पण गरिएको थियो।
कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर, गितिका कोहली, कस्तुरिका तथा नेपालका साहित्यकारहरू तुलसी दिवस, दिनेश अधिकारी र रञ्जना निरौलाले सामूहिक रुपमा कविता सङ्ग्रहको विमोचन गर्नु भएको थियो।
कविताका बारेमा गीतिका कोहली, कस्तुरिका, दिनेश अधिकारी र तुलसी दिवसले बोल्नु भएको थियो। वितास्ता पब्लिकेसन दिल्लीबाट यो संग्रह प्रकाशित भएको हो ।
उक्त महोत्सवमा नेपालबाट सहभागी साहित्यकार रञ्जना निरौला र सुमित शर्मालाई ओडिसाका गभर्नर प्रोफेसर गनेशीलाल, पद्म विभुषण शिताकान्त महापात्र तथा कवि तुलसी दिवसद्वारा बुक अवार्ड प्रदान गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










