साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रञ्जना निरौलाले ‘अनुभूतिको अवतरण’ लिएर आइन्

Chovar Blues Mobile Size

काठमाडौं, साउन १४ / शिखा बुक्स र राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा कवि तथा निबन्धकार रञ्जना निरौलाको नवीन निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठी हुनहुन्थ्यो भने वक्ताहरू डा. ज्ञानु पाण्डे, डा. रामप्रसाद ज्ञावली रहनु भएको थियो । शुभकामना मन्तव्य डा. सावित्री मल्ल कक्षपति तथा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव धिमिरेले स्वागत मन्तव्य दिनु भएको थियो ।

लोकार्पण कार्यक्रममा पुस्तकबारे बोल्दै डा. वासुदेव त्रिपाठीले देवकोटाले दिएको निबन्धको उचाइसम्म पुग्न कोही पनि सकेका छैनन् । ‘अनुभूतिको अवतरण’ निबन्ध जगतमा शुभसंकेत हो । प्रत्येक अनुच्छेदका अन्त्य सुक्तिमय भएर टुगिएका छन् । चालिस वर्ष पाठ्यक्रम निर्माणका क्रममा बसेँ थुप्रै निबन्धसंग्रह हेर्दा दुइटा शुक्ति भेटिन पनि गाह्रो हुन्थ्यो यो निबन्धसंग्रह शुक्तिमय छ । हरेक अनुच्छेदमा शुक्ति भेटिन्छ । वहाँले भन्नु भयो कविताबाट प्रारम्भ भएको निबन्धभित्र विचार, छ स्वैर कल्पना नभएको कथा छ, यथार्थ छ, दर्शन छ ।

यसै गरी समीक्षक डा. ज्ञानु पाण्डेले दर्शन विचार र यथार्थको कलात्मक संगम निबन्धमा रहेको बताउनु भयो ।

वक्ता डा.रामप्रसाद ज्ञावलीले सौन्दर्यप्रधान, दर्शन र आध्यात्मको त्रिवेणीमा परिपक्व अनुभूतिका अभिव्यक्ति निबन्धमा रहेको बताउनु भयो । वक्ता डा. सावित्री मल्ल कक्षपतीले निबन्धहरु यथार्थपरक रहेको कुरा व्यक्त गर्नु भएको थियो ।

sagarmani mobile size

साहित्यकार सुमन वर्षाद्वारा संचालित कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेलको सभापतित्वमा भएको थियो । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ३५० रहेको छ ।

 

प्रतिक्रिया
Loading...