१.
तिमी रूँदा सँगै म पनि रोइदिन्छु
तिमी जहाँ हुन्छौ म त्यहीँ भैदिन्छु
यस्तै–यस्तै कसम खाइ माया लगायौ
भनिनौ नि सानु छोडेर गइदिन्छु ।

२.
तिमीसँग छुटी आमा मै विदेश गाको दिन
नरूनू नि है आमा तिर्छु सबै बाको ऋण
सुख त भन्दिन म खुसी पक्का दिनेछु
धेरै खुसी ल्याउँछु आमा मै फर्की आको दिन ।

३.
ठूलो घर छाना माथि ढलान नछाउनाले
उड्दै मैले समुन्द्र यो सात नकाट्नाले
हिम्मतहारा भन्छ समाज भन्छिन् मेरी प्रिया पनि
गुलामीमा विदेशीको श्रम यो नसाट्नाले ।