
विष्णुप्रसाद आचार्य “अतृप्त”
परै बसी माया गरूँ यस्तो रहर जाग्छ
छोएपछि फूलमा नि त हातको विष लाग्छ
टाढाबाट हिमाल आहा नजिक पुगे भिर
पवित्र छ नटेकेरै कैलाशको शिर
नधोएरै राखूँ रुमाल मनले यस्तो माग्छ
धोएपछि आखिरमा मीठो बास भाग्छ
कल्पनामा आनन्द छ मोह बढ्छ पाउँदा
कस्तो होला इन्द्रेणीको माला उनी लाउँदा
नफोएरै राखूँ गाँठो यस्तो रहर जाग्छ
फोएपछि रहस्यको पाना सादा लाग्छ।
विष्णुप्रसाद आचार्य “अतृप्त”
विदुर- ५, नुवाकोट
हाल: तारकेश्वर- २, काठमाडौँ ।
मोवाइल नम्बर: ९८४१५४८४२५



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 









