
तिमी मेरो पूजा तिमी मेरो खुशी
मेरो यो खुशी बाँचोस् सधैँभरी ।
तिमी मेरो माया तिमी मेरो निष्ठा
मेरो यो निष्ठा रहोस् सधैँभरी ।
तिमी मेरो वर्तमान तिमी नै भविष्य
तिमीसँगै जीवन सुखद् बनोस् सधैँभरी ।
तिमी नै हौ प्रेमी तिमी सहधर्मी
मेरो यो चोखो प्रेम बाचोस सधैँभरी ।
तिमी मेरो पूजा तिमी मेरो खुशी
मेरो यो खुशी बाँचोस् सधै भरी ।
तिमी मेरो कविता तिमी मेरो कथा
मेरो यो कलम बगोस सधैँभरी ।
तिमी मेरो आस्था हौ तिमी मेरो श्रद्धा
मेरो यो श्रद्धा रहोस् सधैँभरी ।
तिमी मेरो पूजा तिमी मेरो खुशी
मेरो यो खुशी बाँचोस् सधै भरी ।
तिमी मेरो सङ्गीत तिमी नै मेरो गीत
मेरो यो सङ्गीत बजोस् सधैँभरी ।
तिमी मेरो कला तिमी मेरो तस्वीर
तिम्रो यो तस्वीर दिलमा बसोस् सधैँभरी ।
तिमी मेरो पूजा तिमी मेरो खुशी
मेरो यो खुशी बाँचोस् सधैँभरी ।
तिमी मेरो मुटु तिमी मेरो धड्कन
मेरो यो धड्कन चलोस सधैँभरी ।
तिमी मेरो भक्ति तिमी मेरो ईश्वर
ईश्वरमा मेरो शिर झुकोस सधैँभरि ।
तिमी मेरो पूजा तिमी मेरो खुशी
मेरो यो खुशी बाँचोस् सधैँभरी ।
तिमी मेरो साथी तिमी सहयात्री
जीवनको यात्रा सँगै चलोस सधैँभरी ।
तिमी मेरो भगवान् तिमी नै मेरो राम
मेरो मनले राम नाम जपोस् सधैँभरी ।
तिमी मेरो पूजा तिमी मेरो खुशी
मेरो यो खुशी बाँचोस् सधैँभरी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
