प्रीति आत्रेय ज्ञवाली

१.
कलम चलाउँछु भन्दैमा यसै कलम चालिन्न
भावहीन शब्दलाई त्यसै कतै कविता मानिन्न।

२.
मनमनै म बोलेर कोरेँ शब्द दुई यता
लेखनी यो बनी मूक सर्दै खोज्दै छ है पता ।

३.
दृढ-इच्छा भएदेखि उपाय ता निस्किहाल्छ
जिन्दगीले कुनै बेला बाटो पनि भेटिहाल्छ ।

४.
लेखनीमै अडेको छ जसको मूल जीवन
लेख्नु ता उसले पर्छ पढून् या नपढून् जन ।

५.
आज राम्रो भए स्वतः भोलि हुन्छ राम्रो
कर्म गर्दै बढ्नुपर्छ हुनुहुन्न चाम्रो ।

६.
विगत सम्झी टोलाएर के छ र फाइदा
वर्तमान खुशी पार्दै कर्म गर्नै काइदा ।

७.
सोचे दुःख सोचे सुख कुरा यी मनका
पीडा चोट भन्ने सबै छुरा ती तनका