प्रीति आत्रेय ज्ञवाली

प्रीति आत्रेय ज्ञवाली

लेखेर टुक्रा मात्र टुक्का कदापि भनिँदैन
गणना र शब्दमा अन्त्यानुप्रास यदि छैन।

दुई हरफमा यसले भन्छ सबै कुरा
थोरै शब्दमा पनि ट्वाक्क व्यक्तिन्छ है पूरा ।

देख्दा लाग्ने ट्वाक्क टुक्क खासमा हो यो टुक्का
तासमा खेल्ने पत्तिजस्तो हैन एक्का दुक्का ।

खाँटी कुरो भन्छ यसले छैन छक्का पन्जा
जे हो कुरो त्यही भन्छ कपाल छैन गन्जा ।

छोटो मिठो सजिलो छ “टुक्का” कविता यस्तै
भान्सा मिठो अचारले नै ट्वाक्कै भए जस्तै ।

मिल्छ लेख्न छन्द गद्य दुवै विधा गरी
गणना त गर्नै पर्छ नत्र भन्छ सरी ।

लेखेँ मैले कुरा यहाँ टुक्राका टुक्रे कथा
इच्छाए लेखौँ आफैँ छोटो मिठो भए व्यथा ।