नामीहरू बेखबर भए, हरामीहरू सल्बलाए
फूलको हत्या गरी पुण्य, जप्ने धर्मभिरु सल्बलाए ।।
मामाको धनमा खूब ती पासा खेल्दै डिङ हाँक्नेहरू
निर्धाको बली चढाएर हक, खोज्नेहरू सल्बलाए ।।
सडक सदनतिर डुल्दो छ त्यो, अपराधको ख्याक
बाँच्ने रहर निमोठेर लास, गन्नेहरू सल्बलाए ।।
कचहरीमा न्याय रुँदा आकाश गर्जिन्छ है अचेल
कानुन निलेर डकार्ने स्वाँठ, ब्वाँसाहरू सल्बलाए ।।
अब यहाँ टाउको खाने, मसानहरूकै राज चल्यो
गण्डकी बगाई रगतको, पिउनेहरू सल्बलाए ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला