मरुभूमि सँग दाँजेर हेर्नू जिन्दगी बगर जस्तै लाग्छ ।
धरहराबाट हेर्दा भने काठमाडौ शहर जस्तै लाग्छ ।
भीमसेन र ओलीलाई एउटै तराजुमा राखेर हेर्दै छु ।
निष्कर्षमा सेतो टावरले ताकेको सगर जस्तै लाग्छ ।
हनुमानले पहाड उचालेर समुन्द्रमा राखेका रहेछन् ।
नेपाल बाट लंका नियाल्दा भुँई कटहर जस्तै लाग्छ ।
मन मस्तिष्कमा दुबिधा पालेर बाँच्नेहरुको जिन्दगी ।
ॠतु मघ्यकै शरद र बसन्त पनि पतझर जस्तै लाग्छ ।
आत्मविश्वास रहेसम्म ढुंगा पनि भगवान कहलाउँछ ।
त्यो प्रीय आकाश आजभोलि खण्डहर जस्तै लाग्छ ।
~आकाश अधिकारी-तनहुँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला