भोक लागेपछि आमाको काखमा आएको हो
आमा गुमाएपछि जीवनमा अँध्यारो छाएको हो

मेलापात जान्थिन् आमा, बुबा *माहारा*जान्थे
कुपोषणले सायद मुटुको धड्कन बिलाएको हो

ज्यून कठिन छ भन्ने, दुधे बच्चालाई के थाहा ?
आशमा धाँजा फाटेर कतिपटक सिलाएको हो

दुनियाँमा सुख खोज्दै सबै भौँतारी हिँडेका छन्
आमाकै काखमा मैले उमंगको गीत गाएको हो

ठट्टा तिनीहरू गर्दैछन्, जिन्दगीसँग र आफैँसँग
नदेखेर घरभित्र भगवान्, किन मन्दिर धाएको हो ?

(माहाराः गाईबस्तु चराउने काम)

तनहुँ