कसैले पनि घर पोलेर आगो ताप्नु हुँदैन
आँखामा आँसु बोकेर भिख माग्नु हुँदैन
छिमेकीले एकछाक खान माग्यो भन्दैमा
खान बोलाउनु तर चौकामै राख्नु हुँदैन
सबैको आआफ्नो आत्मसम्मान हुन्छ नै
भोक भए पनि पराइको हात चाट्नु हुँदैन
आफ्नो घरको भकारी खाली छ भन्दैमा
श्रम नै नगरी छिमेकमा झोली थाप्नु हुदैन
क्षणिक खुशी,आनन्द सुखको पर्याय हैन
बदलाको भावमा गलत कदम चाल्नु हुन्न ।
तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला